प्रदर्शनकारी र प्रहरीबीच झडप, ५ जना घाइते



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौँ स्थित नयाँ बानेश्वर चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

सडक विस्तारको क्रममा पुराना सम्पदा र घरसमेत भत्काइएको भन्दै काठमाडौँ उपत्यकावासीले विरोध प्रदर्शनी गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले झडप नियन्त्रण गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । भीड नियन्त्रणमा लिन नसकेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । घाइतेहरुको बानेश्वरको एभरेष्ट अस्पतालमा उपचार भैरहेको र ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्