चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्दै सरकार



नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले चिकित्सा शिक्षा अध्यादेश संसदमा पेश गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशलाई संसदमा पेश गर्ने निर्णय गरेका हुन् । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिनभित्र पास गर्नुपर्छ ।

विधेयक पास गर्ने प्रयास असफल भएपछि अघिल्लो सरकारले ६ कात्तिकमा अध्यादेश ल्याएको थियो । अध्यादेशले डा. गोविन्द केसीको मागअनुसार १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्