विमल विष्ट, डोटी ।
निर्माण कार्य सुरु गरिएको ३३ बर्ष पुरा हुदा पनि बि.पि.नगर–बोगटान–दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका ४ वटा गाउँपालीका जोडेर क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने उक्त वोगटान सडकको सडकको अहिलेसम्म ६५ किलोमिटर सडक ट्रयाकमात्र खोलिएको छ ।
यो २०४२ साल देखि निर्माण कार्य थालिएको सडक हो । सुरुमा राष्ट्रिय योजना परेर काम थालेको भएपनि अहिले प्राथमिकताबाट हटाईएपछि सडक निर्माणले कछुवा गति लिएको हो ।
जंगल क्षेत्रमा बतावरण प्रभाव अध्ययनमा भएको ढिलाईले दुईवटा आर्थिक बर्षको बजेट फ्रिज गएको क्षेत्रीय सडक निर्देशक शिवकुमार नेपालले बतउनु भयो । उहाँले भन्नु भयो ‘पहिला बतावरणिय प्रभाव अध्ययनम भएको ढिलईले बजेट फ्रिज भएपनि अहिले काम निरन्तर मैरहेको छ,सडक निर्माणका लागि रकमको अभाव छैन् ।’
बोगटान सडक डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक हो । सडक अलपत्र पर्दा यहाको जिवनस्तर समेत माथि उठ्न सकेको स्थानीयाबसी धनबहादुर कललेले बताउनु भयो । निर्माणाधिन यो सडक निर्माण कार्य अनिश्चित भएपछि स्थानियवासिमा निरास छाएको उहाले बताउनु भयो । छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालीकाको सहजपुर देखि डोटीको बडिकेदार अतरकाँडा सम्म मात्र सडक पुगेको छ ।
एक सय ८ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र ट्रा¥याक निर्माण गरिएको छ । १२ महिना १८ किलोमिटरमा मात्रै सवारी चल्ने गर्दछ । सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालिन समयमा कृषि सडकका रुपमा नामांकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकहरुलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण शुरु भएको थियो ।











प्रतिक्रिया