लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघले महोत्सव गर्न लागेको हो ।
कला, संस्कृति संरक्षण तथा प्रर्वद्धनको साथै, नेपालको पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्य प्रवासमा मार्तिम मुनिज पार्कमा १५ अप्रिलमा महोत्सव आयोजना गरिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी गराउनु भएको छ ।
नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।
महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर व्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताउनुभयो ।











प्रतिक्रिया