ग्राउन्ड वाटर रिचार्ज परियोजना हस्तान्तरण



नेपाल समाचापत्र
काठमाडौं
सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटर एड नेपाल र कोकाकोला फाउन्डेसनले वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना रानीवारी सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ। उक्त योजनाको हस्तान्तरण सेन्टर फर इन्ट्रिग्रेटेड अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटर एडका कार्यक्रम निर्देशक कबिन्द्र पुडासैनी र कोकाकोला फाउन्डेसनले हस्तान्तरण गर्नुभयो।

कोकाकोला कम्पनीले पानीको संरक्षण, पानीको विषयमा सकारात्मक छलफल, पानीको सही रिचार्ज र पानीका मुहानको एकीकृत व्यवस्थापन जस्ता विषयमा काम गर्दै आइरहेको छ। यस प्रयासले वातावरण परिर्वतन र पानीका स्रोत बचाउन सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुर्याउँदै आएको छ।
रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणाली एउटा उत्तम प्रणाली हो जसले मानिसलाई पानीको प्रयोग, वर्षात्को पानी संकलन र पानीको वैकल्पिक स्रोतको व्यवस्थापनको विषयमा जानकारी दिन्छ।

नेपाल सरकार र वाटर एड नेपालसँगको सहकार्यमा कोकाकोला फाउन्डेसनले नयाँ योजनामा ‘रेन वाटर हार्भेस्टिङ फर ग्राउन्ड वाटर रिचार्ज’ कार्यक्रम रानीवारी जंगल क्षेत्रमा थप गरेको छ। यस परियोजनाको मुख्य उद्देश्य जमिनमुनीको पानीको स्तर कम हुँदै गएकाले पानीको सुनिश्चितताका लागि हो।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सने भन्नुहुन्छ–‘ पानी अमूल्य प्राकृतिक स्रोत हो। देशमा भएका स्थानीय पानीका स्रोतहरूको स्थिरता सुरक्षित गर्ने दृष्टिकोणलाई हामी नैतिक दायित्वअन्तरगत जारी राख्छौं। हाम्रा बोट विरुवामा प्रयोग हुने पानीको उपयोग दक्षतालाईहामी लगातार ध्यान दिईरहेका छौं। यसको लागि ठूला समुदायसँग सकारात्मक योगदान गर्ने गरी भूमिगत पानीको उपलब्धतालाई रिचार्ज गर्ने परियोजना नेपालमा सञ्चालन गरिरहेका छौं। रेनवाटर हार्भेटिंग एन्ड ग्राउन्डवाटर रिचार्ज प्रोजेक्ट रानीवारीमा रहेको समुदायलाई हस्तान्तरण गर्न पाउँदा यसले हर्षित बनाएको छ,’।

प्रतिक्रिया दिनुहोस्