धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका एक केन्द्रिय सदस्यले आफु माथि पटक पटक यौन शोषण गरेको भन्दै प्रदेशसभा वैठकको गेटमै एक महिलाले न्यायको लागि हार गुहार गर्नु भएको छ ।
घटना हो प्रदेश नं. २ को प्रदेशसभा भवन जनकपुरधामको अगाडी । सांसदहरु वैठक सम्पन्न गरेर निस्किदै थिए । सोही क्रममा राजपा नेपालका महासविच मनिष सुमन संसद वैठकस्थलबाट बाहिर निस्कदैं जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने निशा झाले महासचिव सुमनलाई रोक्दै न्यायका लागि पहल गरिदिन हार–गुहार गर्नुभयो ।
धनुषाको बनिनिया स्वास्थ्य चौकिमा कार्यरत महिला झाले राष्टिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य रमन सिंहले सरुवा गराई दिन्छु भन्दै आफुलाई शारिरिक शोषण गर्नुका साथै रकम समेत लिएर धम्की दिँदै आएको बताउनुभयो । रमन सिंहले राजपा नेपालका केन्द्रिय अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आफ्नो नजिकका नेता रहेकोले उहाँसँग भेट गराएर सरुवा गराइदिने प्रलोभन दिएर काठमाण्डौमा लगेर समेत यौन शोषण गरेको उहाँले बताउनुभयो ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम लिएपछि झस्केका महासचिव मनिष सुमनले छानविन गर्छौ भनेर महिलालाई शान्त पार्दै बाटो काट्नु भयो । निशाले रमन सिंह विरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिनु भएको छ । उता निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले समेत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिनु भएको हो ।
धनुषाको बनिनिया स्वास्थ्य चौकीमा कार्यरत निशाले नेता सिंहमाथि यौन शोषण र रकम लेनदेनको आरोपमा उजुरी दायर गर्नु भएको हो । झाका अनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रिय सदस्य र केयर सोसाइटी अफ नेपालको अध्यक्ष भनि परिचय गराउनु भएको थियो । त्यसपछि सिंहसँग झाले सरुवा गराइदिन आग्रह गरेकी गर्नु भएको थियो ।
उजुरी पत्रमा भनिएको छ, ‘सिंहले म जुनसुकै काम गराउन सक्छु, सरुवा गराउने कुरा कुनै ठूलो कुरो होइन यो मेरो दाहिने हातको खेल हो ।’ साथै रमनले राजेन्द्र महतो मेरो अत्यन्तै नजिकको बताउँदै आफुले भनेपछि उहाँले जे पनि गर्नुहुन्छ भन्नु भएको उल्लेख छ ।
रमनले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग भेटाउन लागि आफूलाई काठमाडौ ल्याएको समेत उजुरीमा उल्लेख गर्नु भएको छ । मिराका अनुसार सिंहले महतोको निवासमा तीन पटक लगेर भेट समेत गराउनु भएको थियो ।
उजुरीमा सरुवाको लालच दिएर नेता सिंहले काठमाडौको गौशालास्थित रोज स्टार लज भन्ने होटलमा पुस २५ गतेदेखि माघ चार गतेसम्म राखेको र सरुवाको लोभ देखाउँदै विभिन्न परिबन्धमा पारी पटक–पटक यौन शोषण गरेको उल्लेख छ ।
अध्यक्ष महतोले एक महिनापछि आउनु भनेको भन्दै रमनले जनकपुर जाउँ भनेर बर्दिवासमा लगेर नबोबुद्ध होटलमा पनि राती राखेर यौन शोषण गरेको दाबी निशाले गर्नु भएको छ । आफूलाई विभिन्न प्रलोभन देखाएर यौनशोषण गर्दा रमनले धम्की दिँदै यो कुरा कसैलाई भनिस् भने जागिर खाइ दिने र ज्यान मार्ने धम्की समेत दिएको निशाले दिएको उजुरीमा उल्लेख छ ।
डराई धम्काई राखेको र ठूलो नेता भएका कारणले डरले कसैलाई यो कुरा नभनेको तर आफ्नो सरुवा पनि नगराई पैसा पनि फिर्ता नदिएको कारण बाध्य भएर उजुरी गरेको निशाले बताउनुभयो । अहिले पनि रमनले आफूलाई पटक–पटक फोन गरी शारिरीक सम्बन्ध राख्न दबाब दिइरहेको निशाको उजुरीमा उल्लेख गरेकि छिन ।











प्रतिक्रिया