काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपा एमालेबाट राजीनामा दिनु भएको छ । उपसभामुख तुम्बाहाङ्फेले सोमबार उहाँले संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । तुम्बाहाङ्फे चैत २ गते उपसभामुखमा निर्वाचित हुनुभएको थियो । सभामुख र उपसभामुख भएपछि पार्टी सदस्य छोड्नुपर्ने प्रावधान छ ।











प्रतिक्रिया