सदनलाई प्रभावकारी बनाउन महरा–तिमिल्सिनाबीच छलफल

0
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभाका सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा केन्द्रित रहेर भेटवार्ता भएको हो । सिंहदरबारस्थित सभामुख महराको कार्यकक्षमा सोमबार विहान भएको भेटवार्तामा दुवै सदनलाई कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा छलफल गरिएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको सभामुखका निर्वाचत हुनु भएका महरा र राष्ट्रियसभाका अध्यक्षमा निर्वाचित हुनु भएका तिमिल्सिनाबीच पहिलो पटक औंपचारिक भेटवार्ता भएको हो । २ सदनले आ–आफ्नै कार्य व्यवस्था नियमावली बनाउने कामलाई अघि बढाएका छन् ।

नियमावलीमा एकरुकता ल्याउने तथा संयुक्त बैठक सञ्चालनका विषयमा पनि सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको सभामुख महराको निजी सचिवालयले जनाएको छ ।