मोटरसाइलले साइकललाई ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

0
Shares

सप्तरी । सुरुङ्गा नगरपालिका–५ कुसाहामा मोटर साइकलले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक सिरहा सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुरकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ९ प १९७७ नम्बरको मोटरसाइकलले आइतबार राति साइकललाई ठक्कर दिएको थियो । चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।