बाख्रापालन व्यवसायबाट मात्र बार्षिक ६ लाख आम्दानी

0
Shares

धनवीर दाहाल, रुकुम । महिलाले गरे के सक्दैनन् र ? सँधै पुरुषको मात्र भर पर्नु पर्ने परम्परालाई तोड्दै रुकुमका महिलाहरुले यतिबेला सामुहिक बाख्रा पालन व्यवसाय गरेर प्रति घर परिवार बार्षिक ५ देखी ६ लाख सम्म आम्दानी गर्ने गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय रुकुमले संचालन गरेको कृषि तथा खाद्य सुरक्षा आयोजना अन्र्तगत महिलाहरुको समुहलाई लक्षित गरी उनीहरुलाई बाख्रा तथा उन्नत जातको बोका बितरण गरेपछि महिलाहरु व्यवसायमा झनै हौसिएका हुन् । प्रतिघर परिवारले बाख्रा र बोका बिक्रि गरेर ५ लाख सम्म र बोका मात्र बिक्री गरेर बार्षिक ३५० हजार आम्दानी भएको स्थानीय उर्मिला पुनको भनाई छ ।

आम्दानी गरे अनुसारको दुख्ख पनि महिला समुहले उत्तिकै गरेको छ । बाख्रा पालन व्यवसाय गर्दा आबश्यक पर्ने सामाग्री पनि उनीहरुले निमार्ण गरेका छन् । समय समयमा घाँस तथा औषधीको व्यवस्था एवं व्यवस्थित बाख्राको खोर निमार्ण गरेका कारण पनि कुनै किसिमको रोग नलगाएर व्यवसाय फस्टाएको स्थानीय सरिता गिरीले बताउनुभयो ।

महिलाहरुले गरेको उदाहरणिय कामलाई सरोकारवालाहरुले पनि चासो दिन थालेका छन् । मुसिकोट नगरपालिकाले आगामी दिनमा महिलाहरुको बाख्रापालन व्यवसायलाई थप व्यवस्थित बनाउन सक्दो सहयोग गर्ने मुसिकोट नगरपालिका वडा नं ४ का अध्यक्ष निर्मलकुमार पुनले बताउनुभयो । धन कमाउनका हरेक दिन बिदेशिने युवाहरुलाई रुकुमका महिलाहरुले आफ्नै गाँउमा केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

सानो लगानीमा बार्षिक ५ देखी ६ लाख सम्म आम्दानी आफ्नै घरमा बसेरै गर्नुले पनि आफ्नै घरको व्यवसायले राम्रो धन कमाउन सकिने पुष्टी भएको छ । जिल्ला पशुसेवा कार्यालय रुकुमले बाख्रा पालन गर्ने महिला समुहका लागी बाख्रा तथा उन्नत जातका बोका बितरण गर्नुका साथै उनीहरुलाई प्राबिधिक सहयोग पनि गरेको जिल्ला पशु सेवा कार्यालय रुकुमका पशु स्वास्थ्य प्राबिधिक ज्ञानुकुमार शर्माले बताउनुभयो ।