जेलभित्र झडप हुँदा चार कैदीको मृत्यु

0
Shares

लापाज । एजेन्सी, बोलिभियाको एक कारागारमा शनिबार साँझ झडप हुँदा चार कैदीको मृत्यु भएको छ । पूर्वी शहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा भएको झडप भएको १० जना घाइते भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

घाइते भएका मध्ये ४ प्रहरी र ६ कैदी छन् । उक्त कारागारमा गत साता पनि यस्तै झडप भएको थियो । सिन्ह्वा