पाथीभरामा यातायात बन्द

0
Shares

ताप्लेजुङ । प्रख्यात धार्मिकस्थल पाथीभरा मन्दिर आउ जाउ गर्ने यातायात सोमबारदेखि बन्द भएको छ । सवारी साधनका काउण्टरबाट अभद्र व्यवहार भएको भन्दै चालकहरुले यातायात बन्द गरेका हुन् ।

यातायात बन्द भएपछि तिर्थयात्री मर्कामा परेका छन् । पाथीभरा दर्शन गर्न आएका तिर्थयात्री  मन्दिर पुग्न नपाएर बाटोमै अलपत्र परेका छन् । पाथीभरामा चैते भक्तजनकोे घुँइचो लाग्ने गर्छ । पाथीभरा क्षेत्रमा दैनिक एक सय ५० भन्दा बढी सवारी साधन चल्ने गरेको छ ।