अफगानिस्तानलाई उपाधि

0
Shares

हर्रारे, एजेन्सी
जिम्बाबेमा भएको विश्वकप छनोट क्रिकेटको सुपर सिक्स फाइनल खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ७ सात विकेटले हराउँदै उपाधि चुमेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले सबै विकेट गुमाई २ सय ४ रन मात्र जोडेको थियो। जवाफमा ५६ बल बाँकी रहेको अवस्थामा ३ विकेटको क्षतिमा २ सय ६ रन जोड्दै अफगानिस्तानले लक्ष्य हासिल गरेका थिए।

रसिद खानले रचे कीर्तिमान
अफगानिस्तानका स्पिन बलर रसिद खानले एक दिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने कीर्तिमान रचेका छन्। उनले ४४ खेलबाटै यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। आइतबार जिम्बाबेमा भएको विश्वकप छनोट क्रिकेटको फाइनलमा वेस्ट इन्डिजविरुद्धको खेलमा रसिदले आफ्नो १०० विकेट पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्चको नाममा रहेको थियो। स्टार्चले ५२ खेलबाट १०० विकेट लिएका थिए।