ब्यापारी दम्पतीको हत्यामा संलग्न सुटर पक्राउ

0
Shares

 

बुटवल । रुपन्देहीका व्यवसायी दम्पत्ती रमेश भण्डारी र आस्था भण्डारीको हत्यामा संलग्न सुटर पक्राउ परेको छ । नेपाल प्रहरीले रेडकर्नर नोटिश जारी गरेका सुटर अर्जुन गौतमलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

गौतमसहित ४ जनाको समूहले ९ असार २०६७ मा बुटवलको ब्यस्त बजार जेसिजचोकमा भण्डारी दम्पतीमाथि गोली प्रहार गरेका थिए । रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार गौतमलाई सुनौलीबाट पक्राउ गरिएको हो । उनलाई भारतीय प्रहरीसँगको समन्वयमा सुनौली नाकासम्म ल्याइएको पनि ज्ञवालीले बताए ।