सोमेश्वर मन्दिरको भेटीमा भारतीयको हस्तक्षेप

0
Shares

कृष्ण आचार्य, चितवन
एतिहाँसिक तथा धार्मिक महत्वको सोमेश्वर कालिका मन्दिरमा चैते देशैको अवसरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। चितवनको माडी नगरपालिका बडा नम्वर पाँचमा पर्ने सो मन्दिरमा अधिकाँस भारतीय भत्तजनहरू दर्शनका लागी आउने गरेका छन्। मन्दिर दर्शन गर्न आउने भक्तजन मध्य ९० प्रतिशत भारतीय र ५ प्रतिशत मात्र नेपाली छन्।

भारतीय सिमा सुरक्षा बल एसएसवीका अनुसार गतवर्ष ८० हजार भारतीय भक्तजनले सामेश्वरको दर्शन गरेका थिए। यसवर्ष यो संख्या वढ्ने उनिहरूको अनुमान छ। नेपालवाट भने गतवर्ष ५ हजारले मन्दिरको दर्शन गरेका थिए।
महाभारतकालमा पाँच पाण्डब १२ बर्षको वनवासपछि गुप्तवास वस्न यही क्षेत्रमा आएको भन्ने इतिहाँस छ भने मन्दिरमा दर्शन गरेपछि मागेको एक चिज अवश्य पुग्छ भन्ने जनबिश्वास छ। चैत्र शुक्लप्रतिपदा देखी चैते दशैसम्म सो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ। यसवाहेक शिवरात्री,जनैपूर्णिमा,वोलवम लगाएतका पर्वमा पनि सो मन्दिर दर्शन गर्न आउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको पण्डित सुर्दशन सुवेदीले बताए।

यसअघि सोमेश्वर कालिका मन्दिर थिएन। निलकण्ठ सापकोटाले निर्माण गरेको सो मन्दिर नेपालीले संरक्षण र संवद्र्धन गरेपछि भारतवाट भक्तजनहरू आउन थालेका हुन्। पहिले पहिले थारु गुरौहरूले जेठमा पुजा गर्ने र पन्चवली गर्ने गरेका थिए। त्यसको धार्मिक महत्व वुझ्दै गएपनि अन्यपनि सो क्षेत्रमा पुजाआजा गर्नका लागी आउन थालेको सुवेदीले जानकारी दिए। सोमेश्वरलाई भारतमा पहाडवाला माता र स्वमेश्वर कालिका देवी भन्ने चलन रहेको सुवदीले वताए।

भारतको हरिनगरबाट मन्दिर दर्शन गर्न आएका मनकेस्वर प्रसाद दुवाले नेपालको महारानिको मन्दिरमा गएर भाकल गरेपछि मागेको पुग्छ भन्ने सुनेर दर्शन गर्न आएको वताए। उनले हिन्दु धर्ममा यो मन्दिरको निकै महत्व रहेको भन्दै सहज रूपमा दर्शन गर्न आउने व्यवस्था गर्न माग गरे।

भारतले वेला वेलामा मन्दिरमा हस्तक्षेप गर्ने गरेको छ। माओवादी जनयुद्ध यतादेखी भारतीयहरूले वढी हस्तक्षेत्र गर्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव चापागाइले बताए। द्धन्द्धकालमा सो क्षेत्रमा नेपालीहरूको उपस्थिति कम भएपछि भारतीयहरूले हस्तक्षेत्र गरेको उनले वताए। सो मन्दिर भन्दा २ सय मिटर तल राणाहरूले वनाएको दरवार छ,उनले भने, दरबारमा भारतीय सिमा सुरक्षा बल एसएसबिले क्याम्प खडा गरेर बसेको छ त्यही क्याम्पको बलमा भारतीयहरूले हस्तक्षेपकारी भूमिका खेल्दै आएका छन्।

नेपाल भारत सिमानाको ४५ र ४६ नम्वरको पिल्लरको आधारमा पनि सोमेश्वर कालिका मन्दिर दशगजा नभई नेपाली भूमिमा पर्ने चापागाइले वताए। पानी ढलाको सम्झौता अनुशार सोमेश्वर दशगजामा पर्ने भारतीय पक्षको दावी छ। मन्दिरमा दुईवटा दान पेटिका राख्न र मिलेर समीति बनाउन पटक–पटक दबाब दिने गरेको उनले वताए। शुरूमा चर्को लडाई पर्ने गरेपनि अहिले केही साम्य भएको उनको दावी छ।

केही साता अघि मात्रै भारतीयहरूले मन्दिरको भेटी मागेपछि विवाद भएको थियो। त्यतिवेला माडी नगरपालिकाका मेयर ठाकुर ढकालले भेटीका विषयमा विवाद नगर्न चेतावनी दिएको वताए। उनले मन्दिर नेपालमा पर्ने र सवै व्यवस्थापन नेपालको भएका कारण भारतीयले दावी गर्न नपाउने उनले वताए।