ट्याक्टर पल्टिदाँ चालकको मृत्यु

0
Shares

पाँचथर । फिदिम–फालोट सडकखण्डमा ट्रयाक्टर सडकमै पल्टिदाँ चालकको घटनास्थलमै मृत्यू भएको छ ।

मृत्यु हुँनेमा इलाम नगरपालिका १० गोदक बस्ने खगेन्द्र खत्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रेमकुमार शाहले बताउनुभयो ।

मे १ त २५२३ नम्बरको ट्रयाक्टर फिदिमबाट नांगिन तर्फ जादै गरेको अवस्थामा अनियन्त्रित भै सडकमा पल्टिएको शाहले बताउनुभयो ।