भुमिसुधार कार्यालय भक्तपुरका कर्मचारी घुससहित पक्राउ

0
Shares

भक्तपुर । भुमिसुधार कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा कमल भुजेल १० हजार घुससहित पक्राउ पर्नु भएको छ ।

चाँगुनारायण नगरपालिका ८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भन्दै जग्गाधनीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भुजेललाई रंगेहात पक्राउ गरेको हो ।

भुजेललाई थप अनुसन्धानका लागि प्रहरी थुनामा राखिएको छ ।