युएस बंगलाका पाइलटकी पत्निको हृदयघातका कारण मृत्यु

0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको एक विमान चालकका पत्नीको मृत्यु भएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

पाइलट अबिद सुल्तानकी पत्नी अपसना खानमको शुक्रबार उपचारको क्रममा मृत्यु भएको ढाका ट्रयुबुनले जनाएको हो । उनको हृदयघातका कारण बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको बताइएको छ ।

 

चिकित्सकले अप्रसेन गरे पनि उनलाई बचाउन असमर्थ रहे । अबिद र अप्सनाका एक छोरा छन् । फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको थियो ।