नेपाल समाचारपत्र, पर्वत ।
नदी र खोलामा करेन्ट लगाएर माछा मार्ने ८ युवालाई पर्वत प्रहरीले पक्रेको छ ।
कालीगण्डकी, मोदी खोलमा अबैध रुपमा करेन्ट लगाएर माछा मार्ने ती युवाहरुलाई प्रहरीले बिभिन्न स्थानबाट प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका वडा न ८ का बुद्धिसागर श्रेष्ठ, मोरङको केरावारी गाउँपालिका ९ का मिलन श्रेष्ठ, कुस्मा नगरपालिका ४ का सन्तोष कार्की, जीवन सुबेदी, कुमार खत्री, संगम पुन सुमन कार्की र ललित पुन रहेका छन । उनीहरुको साथबाट प्रहरीले व्याट्री, विद्युतीय सामाग्री समेत बराबद गरेको जनाएको छ ।
कालीगण्डकी, मोदी, रती र जहरे लगायतका नदी र खोलामा करेण्ट लगाएर माछा मार्न थालेपछि माछा पाउन मुस्किल हुन थालेको छ । करेण्ट लगाउँदा भुरा माछा सबैभन्दा बढी मर्ने भएकाले पनि करेण्ट लगाउने कार्य त्रन्द गर्न माग हुँदै आएको छ । तर स्थानिय खोलामा करेण्ट लगाएर माछा मार्ने र नजिकका होटलमा बिक्री गरेर जीबिको पार्जन गर्दै आइरहेका ब्यक्तिहरुले खुलेआम आफ्नो पेशा गर्दै आएका छ । उनीहरुलाई प्रहरीले पटक पटक पक्रेपनि रिहा गरेपछि पूनः आफ्नो कामलाई निरन्तरता दिदै आएको गुनासो स्थानियबासीको छ ।











प्रतिक्रिया