खेलकुद मन्त्री विश्वकर्माद्वारा पदबहाली


काठमाडौं, (नेस)
नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले शुक्रबार पदबहाली गरेका छन्। शपथ ग्रहणपछि विश्वकर्माले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पदबहाली गरेका हुन्।

पदबहालीअघि मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, युवा परिषद्का प्रतिनिधि, नेपाल स्काउटका प्रतिनिधिलगायतले स्वागत गरेका थिए।

मन्त्री विश्वकर्माले नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाएको ऐतिहासिक क्षणमा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्न पाउनु खुसीको कुरा भएको बताउँदै क्रिकेटको सफलतालाई अझ गति र उत्साहका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले सबै खेलको विकासमा पनि उत्तिकै केन्द्रित रहनेमा जोड दिँदै विदेशिएका युवा शक्तिलाई आफ्नै देशमा बस्ने वातावरण निर्माण गर्न आकर्षक कार्यक्रमको खाचो रहेको बताए।