मन्त्रिपरिषद बिस्तार: उपेन्द्र यादवको नेतृत्वमा सरकारमा फोरम जाने

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । संघीय समाजवादी फोरमलाई समेत सहभागी गराएर मन्त्रिपरिषद विस्तारको तयारी गरिएको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको स्रोतको भनाई छ । तर फोरमलाई दिइने मन्त्रालयको भने टुंगो लागिसकेको छैन । फोरमले तीनवटा मन्त्रालय दाबी गर्दै आएको भएपनि दुईवटा मन्त्रालय पाउने सम्भावना छ ।

सरकामा राजपालाई पनि समेट्ने प्रयास भएपनि राजपाले सरकामा जाने बारेमा निर्णय गरिसकेको छैन ।

गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए । हाल ओली नेतृत्वको मन्त्रिपरिषद सात सदस्यीय भने मन्त्रालयको संख्या १८ कायम गरिएको छ ।

यहि मन्त्रालयको संख्याम रहदाँ अब ११ मन्त्री थप्नुपर्ने छ । तर, बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयको संख्या थप्ने विषयमा समेत छलफल भएको थियो ।
प्रधामन्त्री ओलीले फोरमसँगै एमाले, माओवादीबाट पनि मन्त्री थप्दै सरकारलाई पूर्णता दिने तयारी गरेको एमालेका एक नेताहरुले बताए ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार भएको छलफलअनुसार शुक्रबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो ।