कांग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उठाउने

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । प्रमुख विपक्षी दलसमेत रहेको कांग्रेसले पुष्पा भुसाललाई उम्मेदवार बनाउन लागेको छ ।

भुसाल संघीय संसदमा समानुपातिक सांसद हुन् । २०३६ देखि नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि बिहीकार दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ ।

वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको भए पनि उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन ।