उपसभामुखको उम्मेदवार टुंग्याउन दलहरु व्यस्त

0
Shares

काठमाडौं । संघीय संसदको उपसभामुख पदका लागि आज मनोनय दर्ता हुँदैछ ।

बिहिबार बिहान १० बजेबाट मध्यान्ह १ बजेसम्म मनोनयनका लागि समयावधि तोकिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयको कार्यतालिका अनुसार उपसभामुख पदका लागि मनोनयन दर्ताको समय शुरु हुन केही घण्टामात्र बॉकी छ । तर, दलहरुले भने अझैसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।

उपसभामुख पदका लागि उम्मेदवार चयनका गर्न वाम गठबन्धन आन्तरिक छलफलमा जुटेको र संसद सचिवालयले तोकेको समय अगावै उम्म्ोदवारको टुंगो लाग्ने नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने वा नदिने, बनाउँदा कसलाई उम्मेदवार बनाउने भन्नेबारे टुंगो आज बिहान पार्टी सभापति शेरबहादु देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।