जिम्मेवार भएर कार्य गर्न सिंहको आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा सडकको काम गर्दा खानेपानी, विद्युत्, टेलिकमलगायत सम्बन्धित सबै निकायसँग समन्वय गरी अघि बढ्न ध्यानाकर्षण गराउनुभएको छ। साथै उहाँले विकास निर्माणका कार्य गर्दा शुरूदेखि अन्त्यसम्मको सबै योजनाको वितृत विवरण पारदर्शीरूपमा आम सर्वसाधारणलाई जानकारी गराउनुपर्ने पनि बताउनुभएको छ।

सोमबार बिहान सडक डिभिजन कार्यालय बानेश्वरमा गएर नेता सिंहले सडक भत्काउँदा वा विकास निर्माणका आयोजनाहरू शुरु हुँदा कहिलेदेखि शुरू हुने, कहिले सम्पन्न हुने, कति लागतमा निर्माण हुने, कुन ठेकेदारले निर्माण गर्ने जस्ता कुराहरू साइनबोर्डमा लेखेर राख्नसमेत आग्रह गर्नुभएको छ। जनप्रतिनिधि, उपभोक्तालगायत दलबलसहित सडक डिभिजन कार्यालयमा पुगेर उहाँले गुपचुप प्रवृत्तिले पारदर्शिता नभएको बताउनुभएको थियो।

‘काठमाडौंमा डल खन्दा खानेपानी बिग्रने, टेलिफोन बिग्रने, विद्युत् बिग्रने, एकपटक खनेको सडक वर्षौंसम्म उस्तै रहने जस्ता समस्या छ’, नेता सिंहले भन्नुभयो– ‘यी सबै निकायबीच समन्वय भए एउटा काम गर्दा अर्को काम बिग्रँदैन। सानो व्यवस्थापनलाई ध्यान दिएर काम गर्दा पनि धेरै राम्रो हुने भन्दै उहाँले काठमाडौं क्षेत्र नं. १ का जनप्रतिनिधि र उपभोक्तालाई लिएर सडक डिभिजन कार्यालयलाई जिम्मेवारीका साथ काम गर्न दबाब दिएको बताउनुभएको थियो।