जस्लेपनि गर्ने व्यापार मेलाले विकृति ल्याउँछ– उद्योग वाणिज्य महासंघ



 
हरेक क्लवले पनि व्यापार मेला महोत्सव गर्न थालेका छन् । यसमा सरकार गम्भिर हुनुपर्छ ।
भवानी राणा
अध्यक्ष
उद्योग वाणिज्य महासंघ

 

सम्बन्धित निकाय बाहेकलाई मेला महोत्सव गर्न दिदा व्यपार व्यवसाय प्रवद्र्धन नभै धराशायी हुन्छ ।
राजकुमार न्यौपाने
केन्द्रिय सदस्य
उद्योग वाणिज्य महासंघ
 
नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघले व्यापार व्यवसाय प्रवद्र्धन गर्ने बाहेकका असान्दर्भिक मेला महोत्सवलाई सरकारले स्वीकृत दिन नहुने धारणा राखेको छ ।  देशका विभिन्न भागमा सामाजिक कार्य गर्न गठित एउटा सानो क्लवले समेत व्यापार मेला आयोजना गर्न थालेपछि उद्योग वाणिज्य महासंघले यस्तो धारणा राखेको हो ।

उद्योग, व्यापार, पर्यटन, उत्पादन लगाएतको खास क्षेत्र संग सम्बन्धित निकाय बाहेकले व्यापार मेला/महोत्सव गर्दा मुख्य उदेश्य पुरा नहुने भन्दै महासंघकी अध्यक्ष भवानी राणा भन्नुहुन्छ– जुन क्षेत्रको व्यवसायी हो त्यसैले यस्तो व्यापार मेला आयोजना गर्दा लाभ लिन सकिन्छ । ‘पर्यटन व्यवसायीले पर्यटन मेला, कृषि व्यवसायीहरुले कृषि मेला, होटल व्यवसायीहरुले होटल मेला, पुस्तक व्यवसायीहरुले पुस्तक मेला गर्नु ठिकै हो’ अध्यक्ष राणा भन्नुहुन्छ– जुन क्षेत्रको हो त्यसैलाई व्यापार मेला तथा महोत्सव गर्न दिदाँ प्रभावकारी हुन्छ ।

बस्तुगत संघहरुले औद्योगिक व्यापार महोत्सव गर्दा विशेषज्ञताहरु पनि आउने भएकोले कुनरिनै उत्पदन तथा व्यवसायको खरिद विक्रि र सेवाग्राही संग प्रत्यक्ष अन्र्तक्रिया तथा बैठकहरु हुने भए पनि सस्तो लोकप्रियताको लागि असम्बन्धित निकायले गर्ने मेला महोत्सवले विकृति फैलने गरेको पनि पाइन्छ ।

विशुद्ध सामाजिक कार्यका लागि मात्र स्थापना भएका संस्थाले व्यापार महोत्सव गरिरहेको र स्थानिय प्रशासनले पनि यीनिहरुलाई रोक्न कुनै पहल नगरेपछि महासंघले व्यापार मेला महोत्सव गर्न क्राइटएरिया नै बनाउनु पर्नेमा जोड दिन थालेको छ  । जथाभावी हुने व्यापार महोत्सवको बारे ठाउठाउमा विवाद पनि जारी छ । यस प्रकारको महोत्सवको पहिलो पटक खुलेर विरोध गर्नेमा महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका सल्लाहकार राजकुमार न्यौपाने पनि हुन ।

हेटौंडामा केही महिना अघि औद्योगिक शान्ति नेपाल नामक संस्थाले १७ लाख रुपियाँमा महोत्सवको ठेक्का लिएको थियो । त्यस बेला व्यापार महोत्सव स्थगित गर्न त्यहाका व्यापारीहरुले  माग गरेका थिए । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले त प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्रनै पेश गर्दै मेला स्थगनको माग गरेको थियो । उद्योग वाणिज्य संघबाहेक मेलागर्ने उद्धेश्यविपरीतका संघसंस्थाले यस प्रकारको व्यापार मेलागर्दा व्यापार/व्यवसाय चौपट हुने अवस्था आउने भन्दै मेला स्थगनको माग गरिए पनि मेला रोकिएन र पुस ७ देखि १८ सम्म हेटौंडामा मेला गरियो ।

‘विरोधका बाबजुद के कति कारणले मेला सञ्चालनको स्वीकृ तिदिइएको हो, थाहाभएन’   महासंघका मेला महोत्सव समितिका सल्लाहकार न्यौपाने भन्नुहुन्छ– सम्बन्धित निकाय बाहेकलाई यसरी मेला महोत्सव गर्न दिदा स्थानिय व्यापार व्यवसाय प्रवद्र्धन नभै धराशायी बन्दै जाने छ ।

प्रतिक्रिया दिनुहोस्