प्रदेश ४ का मुख्यमन्त्रीले विश्वासकोे मत लिए


पोखरा  । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ ।

स्वतन्त्र सांसद दीपक मनाङे निलम्बनको अवस्थामा रहेको र सभामुख नेत्रनाथ अधिकारीले मत दिएनन् । कांग्रेसका १५ र नयाँ शक्तिका दुई जना सांसदले भने विपक्षमा मत दिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।