काठमाडौँ । राष्ट्रियसभा सदस्यमा केपी ओली सरकारद्वारा सिफारिस गरिएका तीन सदस्यले अव सफथ लिने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले राष्ट्रपतिबाट मनोनित पनि भएका सदस्यहरु डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई शपथ लिन पाउने आदेश दिएको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न दिएको आदेश खारेज गर्दै सर्वोच्चले सपथको बाटो खोलिदिएको हो ।
न्यायाधीशद्वय केदार चालिसे र सारदा घिमिरेको इजलालले बुधवार यसअघिको अन्तरकालिलन आदेश खारेज गरेको हो । तीनजनाको नियुक्ती सम्बन्धी मुद्दा संवैधानिक इजालसमा गएको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिश गरेका कृष्ण पौडेल लगायतले सर्वोच्चमा रीट दायर गरेका थिए ।
यस्ताे छ सर्वोच्चको आदेश
प्रतिक्रिया