भारतका राजदूतले दिए प्रम ओलीलाई होलीको शुभकामना

0
Shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरी र उहाँकी धर्मपत्नीले आज प्रधानमन्त्री निवासमा भेटेर होली पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सांस्कृतिक समानतायुक्त शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्ध र पारस्परिक आत्मीयता प्रकट गर्दै फागुपूर्णिमाको शुभकामना आदानप्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

होली पर्वलाई आपसी प्रेम, सद्भाव, मैत्री र घनिष्टता अभिवृद्धि गर्ने पर्वका रुपमा नेपाल र भारतभर मनाउने प्रचलन छ ।रासस