अन्तर्राष्ट्रिय सहयोगको आह्वान


ट्रिपोली, (एजेन्सी)
लिबियाली प्रधानमन्त्री फायेज सेर्राजले लिबियाली सरकारलाई सहयोगका लागि सोमवार अन्तर्राष्ट्रिय जगत्समक्ष सोमबार आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय संघ संगठनबीचको सहयोग र समन्वयमा जोड दिँदै उनले सबै अन्तर्राष्ट्रिय समुदायसँग लिबियाका लागि सहयोगको आग्रह गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनले लिबियाली सरकार र अन्तर्राष्ट्रिय संगठनबीचको सहयोग र सम्पर्कले लिबियाको विकास र स्थायित्वमा सहयोग पुग्ने धारणा व्यक्त गरेका छन््। संयुक्त राष्ट्रसंघको समर्थनमा प्रधानमन्त्री बनेका उनले सामाजिक मर्यादाका लागि पनि यो सहयोग र समन्वय कायम रहने बताएका हुन्।

लिबियाका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका उपविशेष प्रतिनिधि र उपप्रमुखसँग राजधानी त्रिपोलीमा भएको छलफलमा सेर्राजले सो आह्वान गरेका हुन्। लिबियाको राजनीतिक र आर्थिक अवस्थाको विकासमा संयुक्त राष्ट्रसंघको भूमिकाको विषयमा यो छलफल जारी रहेको पनि बताइएको छ।

यसबाट लिबियाको सेवाग्राही कार्यक्षेत्रमा जारी द्वन्द्व र कठिनाइलाई कम गर्ने प्रधानमन्त्रीको सञ्चार कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। लिबियामा सन् २०११ मा तत्कालीन राष्ट्रपति मोमर गद्दाफी अपदस्थ भएयता विभिन्न समूहमा विभाजित राजनीति समूहका कारण अस्थिरता उत्पन्न भएको छ।