होप भ्यालीलाई उपाधि


काठमाडौं, (नेस)
आयोजक होप भ्याली स्कुल (एचभीएस), स्किब्स र नेरिक एकेडेमीले तेस्रो एचभीएस अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।

होप भ्याली जुनियर ब्वाइज, स्किब्स सिनियर गल्र्स र नेरिक सिनियर ब्वाइजमा च्याम्पियन बने। इमाडोलस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा होप भ्यालीले नेरिकलाई १४–१० ले पराजित गर्यो। होप भ्यालीको जितमा जिवेश व्यञ्जन्कारले ८ अंक योगदान गरे।

सिनियर गल्र्स फाइनलमा स्किब्सले ग्रामर पब्लिकलाई १०–९ को झिनो अन्तरले हरायो। स्किब्सकी देबुना केसीले ९ अंक जोडिन्। सिनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिकले होप भ्यालीलाई १८–१२ ले निराश पार्यो। नेरिकका पवन खत्रीले १२ स्कोर गरे। जुनियर ब्वाइजमा होप भ्यालीका स्विकार कुँवर, सिनियर गलर्समा देबुना केसी तथा सिनियर ब्वाइजमा अनमोल खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए।

विजेतालाई यु–१६ राष्ट्रिय बास्केटबल टोलीका सहायक प्रशिक्षक आशिष केसी, होप भ्यालीका प्रबन्ध निर्देशक आनन्द अधिकारी र होप भ्यालीका प्रिन्सिपल एकराज कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगिताको तीनै विधामा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

११औं प्रधानसेनापति अन्तर विद्यालय रनिङ टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सैनिक आवासीय महाविद्यालयको क्रिकेट टिमलाई ट्रफी वितरण गर्नुहुँदै प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्री।