गोदावरीमा निराजन र सोनाको रोमान्स



मोडल निराजन प्रधान र मोडल सोना लिम्बु पालुङ्वा शनिबार गोदावारीस्थित गोदावारी भिलेज रिसोर्टमा सँगै देखिए। जहाँ उनीहरू मुटुका कुरा गर्दै थिए। सोना आफ्नो मुटु दिने कुरा गरिरहँदा निराजन भने घुर्की देखाइरहेका थिए।

यी दुईले गायिका प्रकृति थलङको मेरो मुटु बोलको प्रेमगीतको म्युजिक भिडियोका लागि रोमान्स गरेका हुन्। यो प्रेमभावलाई भिडियोमा उतार्दै थिए, पत्रकार तथा निर्देशक एमपी सुब्बाले। यसलाई छायांकन भने नवीनबाबु गुरुङले गरेका छन्।

जेटीए कल्पनी लिमिटेडको ब्यानरमा एसजे सुब्बा प्रस्तुतकर्ता रहेको मेरो मुटु बोलको यस गीतलाई बुद्धराज राईले लेखेका हुन् भने संगीत कमल रसाइलीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्