अभिषेक र करिश्मा एकै छतमुनि

0
Shares

बलिउड नायक अभिषेक बच्चन तथा नायिका करिश्मा कपुर एकै छतमुनि नाचिरहेको एक फोटोले बलिउडमा हंगामा मच्चाएको छ। उनीहरुको यो दुर्लभ तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनीहरु यूएईमा सम्पन्न आफ्नो एक साथी तथा बलिउड नायक मोहित मारवाहको विवाह पार्टीमा गएका थिए। विवाहमा सरिक भएका अन्य सेलिब्रेटीको फोटोमा पनि उनीहरु देखिएका थिएनन्। तर, त्यही पार्टीमा सहभागी अभिषेक र करिश्माको नाचिरहेको उक्त छुट्टै फोटो सामाजिक सञ्जालमा आएको हो। अभिषेक करण जौहर तथा र्यापर बादशाहसँग रमाइरहेका देखिएका थिए भने करिश्मा अथिया सेट्टी तथा मनीष मल्होत्राका साथ अधिकांश समय बिताइरहेकी थिइन्। यस पार्टीमा अभिषेककी बहिनी श्वेता नन्दा पनि सअभागी भएकी थिइन् र आफ्नी एक्स मंगेतर करिश्मासँग फ्रेम शेयर गरिरहेकी थिइन्।


अभिषेकको ऐश्वर्या रायसँग बिहे हुनुअघि करिश्मा कपुरसँग इनगेमेन्ट भएको थियो र विवाह हुने पक्का थियो। तर, कारणवश उनीहरुको विवाह हुन सकेन। यसपछि उनीहरु न सँगै देखिएका थिए न त कुनै फिल्ममा नै सँगै खेलेका थिए।

यस विवाह समारोहमा दुलहाका बहिनी सोनम कपुरले एक फोटो इन्स्टाग्राममा हालेकी थिइन्। जसमा सोनमको प्रेमी आनन्द आहुजा, करण जौहर तथा अभिषेक देखिएका थिए।