प्रनिश र पलिस्ठा प्रिन्स र प्रिन्सेस

0
Shares

इभेन्ट बेटर ग्यालेक्सीद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित पाँचौं प्रिन्स एन्ड प्रिन्सेस–२०१८ तथा लिटिल प्रिन्स एन्ड प्रिन्सेस–२०१८ मा राजश्री गुरुकुलमा अध्ययनरत विद्यार्थी विजयी भएका छन्।

प्रतियोगितामा प्रिन्सतर्फको उपाधि प्रनिश खड्का र प्रिन्सेसको उपाधि पलिस्ठा महर्जनले जितेका छन्। त्यसै गरी सोहन बुढाथोकी र श्रृंगा श्रेष्ठ फस्ट, आयुष तण्डुकार र तेजुसी तण्डुकार सेकेन्ड तथा आयुष्मान बस्नेत र गृष्मा उप्रेती थर्ड रनर्सअप भए।

लिटिल प्रिन्सतर्फ युनिक पराजुली र लिटिल प्रिन्सेसतर्पm क्रिस्टिना खड्का विजयी भए। यो प्रतियोगितामा आर्यन मित्तल र सोहन पाठक फस्ट, तेजुसी श्रेष्ठ र रिजन केसी सेकेन्ड तथा जेनिस शाही र वैभवी शाह थर्ड रनर्सअप भए। प्रतियोगिताका विजेतालाई पुरस्कारस्वरूप जनही २५ हजार रुपियाँ प्रदान गरिएको छ। विजेताहरू विदेशमा आयोजना हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सुरजनी केसीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा पूर्वउपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि थिए।