प्रणय दिवसमा केञ्जुमाको प्रेमिल गीत

0
Shares

गायिक केञ्जुमा सुब्बाले प्रणय दिवसको अवसर पारेर बुधबार प्रेमिल गीत सार्वजनिक गरेकी छिन्। उनको आई लभ यु बोलको गीत बिन्ध्यवासिनी म्युजिक कम्पनीको यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतकार, फिल्म निर्देशक तथा पत्रकार डब्बु क्षत्रीको रचना रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। गीतको भिडियोमा गायिका केञ्जुमा आफैंले मोडलिङ गरेकी छिन्। यो गीत डब्बुको अडियो गीति एल्बम गुलावी स्वरुहरुमा संगृहित छ। गीतमा संगीत तथा संगीत संयोजन जुगल डंगोलको रहेको छ। रोशन श्रेष्ठले खिचेको यो भिडियोलाई अशोक मल्लले सम्पादन र निर्देशन गरेका छन्।