रिक्त न्यायाधीश सिफारिस भएन

0
Shares

प्रशान्त वली, काठमाडौं
न्याय परिषद्को बैठकले तुल्सीपुर–बुटवल इजलासका न्यायाधीश प्रभा बस्नेतलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा राख्ने निर्णय गरेको छ। यस्तै सुर्खेत–जुम्ला इजलासमा कार्यरत उच्च अदालतका न्यायाधीशहरूलाई तुल्सीपुर–नेपालगन्ज इजलासमा तोकिएको काज फागुन १५ सम्म थप गर्ने निर्णय गरेको छ।

जिल्ला र उच्च अदालतका न्यायाधीशहरूमाथि परेको उजुरी छानविन प्रतिवेदनमाथि छलफल भएको न्याय परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिनुभयो। न्यायपरिषद्मा प्रधानन्यायाधीश गोपाल पराजुली अल्पमतमा परेपछि जिल्ला, उच्च र सर्वोच्चसहित तीनै तहका न्यायाधीश सिफारिस गर्ने प्रधानन्यायाधीशको योजना सफल हुन सकेन। वैठकमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी उपस्थित थिएनन्। प्रधानन्यायाधीशसँगको विवादका कारण जोशी फागुन पहिलो सातासम्म बिदामा हुनुहुन्छ।

न्यायाधीश सिफारिसपछि प्रधानन्यायाधीशसँग बढेको दूरीका कारण जोशी बिदामा बस्नुभएको बुझिएको छ। कामचलाउ भइसकेको सरकारको कानुनमन्त्री यज्ञबहादुर थापाको उपस्थितिलाई लिएर न्यायपरिषद् सदस्य पदमप्रसाद वैद्धिकले बैठकमा आपत्ति जनाउनुभएको थियो।

हाल सर्वोच्च अदालतमा एक न्यायाधीशको दरबन्दी रिक्त रहेको छ। यस्तै, उच्च अदालतमा ११ न्यायाधीशको स्थान खाली छ। जिल्ला अदालतमा ३० न्यायाधीशको स्थान रिक्त भए पनि आन्तरिक ज्येष्ठताबाहेकका अन्य प्रतिस्पर्धीको लिखित परीक्षाको नतिजा न्याय सेवा आयोगले सार्वजनिक गरिसकेको छैन। हाल सर्वोच्च अदालतमा एक न्यायाधीशको दरबन्दी रिक्त छ।

यस्तै, उच्च अदालतमा ११ न्यायाधीशको स्थान खाली छ। जिल्ला अदालतमा ३० न्यायाधीशको स्थान रिक्त भए पनि आन्तरिक ज्येष्ठताबाहेकका अन्य प्रतिस्पर्धीको लिखित परीक्षाको नतिजा न्याय सेवा आयोगले सार्वजनिक गरिसकेको छैन। आन्तरिक ज्येष्ठताका ८ जनाको हकमा भने परिषद्ले निर्णय गर्न सक्ने अवस्था छ।