नाटोजमा नयाँ कार्यसमिति

0
Shares

काठमाडौं, (नेस)
पूर्व सञ्चारमन्त्री तथा प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले नेपालमा ५० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधारण निर्माण तथा प्रवद्र्धनात्मक योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को पाँचौ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुक समृद्धिको मुद्धातर्फ अघि बढिरहेको सन्दर्भमा त्यसको पहिलो आधारशिला पर्यटन क्षेत्र नै हुने धारणा राख्नुभयो।

त्यस्तै नेपाली कांगे्रसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पर्यटन विकासका लागि नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो। पर्यटन पत्रकारले दुरदराजका समाचार लेख्ने वातावरण सिर्जना गरिनुपर्नेमा सहभागीहरूको जोड थियो। ५० लाख पर्यटक भित्र्याउने कुरा भाषणबाजीमात्रै भएको उनीहरूले बताएको थिए। बताउनुभयो।

कार्यक्रममा निर्विरोध निर्वाचित नाटोज नयाँ कार्यसमितिलाई पूर्व सञ्चारमन्त्री सापकोटाले बधाई तथा शुभकामना दिनुभएको थियो। शिव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा प्रकाश खालिङ, विकास लोहनी, मधुजंग पाण्डे, विमला भण्डारी, भुषण पोखरेल, संगम बानियाँ र नारायण उपाध्यय हुनुहुन्छ।

त्यस्तै महासचिवमा नविन काफ्ले, सिवी अधिकारी, सुजन पन्त रहनुभएको छ भने कोषाध्यक्षमा कल्पना महर्जन र सहकोषाध्यक्षमा तिर्सना गिरी निर्वाचित हुनुभएको हो। नयाँ कार्यसमितिको सदस्यहरूमा कविता अधिकारी, श्रीकृष्ण सुवेदी, विष्णु पोखरेल, शंकर पण्डित, दिपेन्द्र थापा, भरत केसी, जनार्दन अर्याल र किरण बुढाथोकी रहनुभएको छ।