बेलायती सेनाध्यक्षद्धारा नेपाल भ्रमण सम्पन्न

0
Shares

प्रधान सेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा ६ दिने भ्रमणमा आएका संयुक्त अधिराज्य (बेलायत) सेनाका सेनाध्यक्षले भ्रमण सम्पन्न गरेका छन् । भ्रमण सम्पन्न गरी उनी सोमबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत पूर्णचन्द्र थापाले बिदाई गरेका थिए ।

नेपाल भ्रमणको क्रममा उनले नेपालका प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुको साथै पोखरासम्म यात्रा समेत गरेका थिए ।