कृषकमा मौरी मोह



सलिम अन्सारी,प्यूठान ।

सरुमारानी ३ का काजिमान केसी एकपटक बिदेश गएर आएका हुन। उनले ३ बर्ष अर्काको काम गरेरै मलेसियामा बिताए। त्यसले घर गुजारा बाहेक पैसा थुप्रिएन।

बरु मन भाचियो।उनि फेरी खाडि नफर्कने निधो गरे र सुरु गरे घर मै मौरी पालन।गाउँघरमा काठको मुढालाइ मादल जस्तो टोडको बनाएर पालेको उनले देखेकै थिए।तर,व्यबसायिक रुपमा मौरी पाल्न सकिन्छ भन्ने उनले सोचेका समेत थिएन्न।घर बसाइकै बखत कृषिलाइ जीवन नीर्वाहको आधार बनाइरहेका थिए उनि। दुइ बर्ष अघि केसीलाइ मौरीपालन तालिम लिने अवसर मिल्यो।

मौका त जुर्यो।उनले सो तालिमलाइ त्यती चासो दिएन्न। केसी भन्छन, उपस्थिती जनाउन मात्र लिएको तालिमले मेरो व्यावसायको माध्यम नै बदल्यो। सरुमारानीका दर्जन बढि मौरीपालक ब्यावसायिक रुपमा सक्रिय छन। ती मध्य एक हुन केसी । अहिले उनि मेलिफेरा जातका मौरी र घार लिएर चरनका लागि बिभिन्न ठाउँ डुल्छन। उनिसँग ३४ घार मौरीका घार छन। चरनका लागि मौरी सहितका घार लिएर कपिलवस्तुको मर्चवार पुगेका छन उनि।

गाउँमा चिउरी फुल्ने सिजन सकिएकाले फुल फुल्ने बनस्पती खोज्दै केसी मधेश पुगेका हुन। यहा तोरी तोरा रुदिलो सिसौ लगायतका बनस्पती फुल्ने सिजन भएकाले आफु कपिलबस्तु झरेको केसीले सुनाए। कार्तिक देखि पुस सम्म चिउरी प्रसस्त हुन्छ।केसीले भने त्यसपछि चरनको खोजीमा बाहिरी जिल्लामा पुग्छौ। घुम्ती माहुरी चरनबाट केसीले एक सिजनमा ३ लाख बढि कमाउदै आएका छन। एक घार मौरीबाट बार्षिक ४० केजी सम्म मह उत्पादन गर्न सकिने उनको अनुभव छ।

सरुमारानी ४ का किसान हुम बहादुर थापा पनि मलेसियामा श्रम गरेर फर्किएका हुन। उनि पनि बिगत २ बर्ष देखि मौरी पालन गर्दै आएका छन। केसी सँगै थापा पनि अहिले मौरी चराउन कपिलबस्तु झरेका छन। २५ घार मौरी छ उनिसँग।मौरीले घर खर्च सजिलै चलेकोमा उनि खुसी छन।जगँलको मह राम्रो हुने र अर्गयानिक पनि हुने भएकाले मौरी चरनका लागि बेशी झरेको उनको भनाइ छ। केसी र थापा सँर्गै मौरी चरणका लागि मधेश पुगेका अर्का कृषक केशव रानाले मौरी पालनबाट खाडिमा तीन बर्षमा कमाउने पैसा एक सिजनमै स्वदेशमा कमाउन सकिने बताए। व्याबसायिक रुपमा काम गरे सफल्ता पाउनेमा उनि बिश्वस्त समेत छन।

जिल्लाको सरुमारानीका आधा दर्जन किसान अहिले चरन खोज्दै दागँ र कपिलवस्तुका जँगल छेउ गएको बताइन्छ। कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले साना किसान यो व्यावसायमा बढि सक्रिय छन।

बिशेष गरि प्यूठानमा मेलिफेरा जातका मौरी पालिएका छन। सेरेना मौरीले कम मह दिने भएकाले थोरै किसानले मात्र पालेको जिल्ला कृषि बिकास कार्यालयका बागबानी बिकास अधिकृत शम्भुनाथले बताए। उनका अनुसार जिल्लामा मुदेघार सहित १ हजार ५ सय मौरी घार छन।जिल्लाबाट बार्षिक उत्पादित ३५ मेटिकटन मह बिक्री हुदै आएको छ।

प्रतिक्रिया दिनुहोस्