भारतीय सेना प्रमुख आउँदै



काठमाडौं, (नेस)
प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाको सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी विपीन रावत तीनदिने नेपाल भ्रमणका लागि आज सोमबार काठमाडौं आउनुहुने भएको छ।

नेपाल एकीकरणको २ सय ५० वर्षगाँठ तथा सेना दिवसमा विशिष्ट अतिथिका रूपमा सहभागी हुन भारतीय सेनाध्यक्ष रावत नेपाल आउन लाग्नुभएको सैनिक मुख्यालयले जनाएको छ।

फागुन १ गते सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने समारोहमा समेत भारतीय सेनाध्यक्ष रावतको सहभागिता हुने भएको छ। नेपाली सेनाले हरेक वर्षको शिवरात्रिका दिन सेना दिवस बनाउँदै आएको छ। नेपाली सेनाको दिवसमा विदेशी सेनाध्यक्ष सहभागी हुने सम्भवतः यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्