लमजुङमा बन्दैछ ८० करोडमा नेपालकै नमुना विद्यालय



नेपाल समाचारपत्र
लमजुङ ।
लमजुङमा नेपालकै नमुना विद्यालय भवनको निर्माण थालिएको छ । सो भवन निर्माणका लागि चीन सरकारले ८० करोड रुपैयाँ खर्चिने भएको हो ।

चीनले नेपालमा १० उत्कृष्ट नमुना विद्यालय बनाउने घोषणा गरेसँगै हिमाली भेगमा दुई वटा विद्यालय निर्माण गर्न लागेको हो । यसअन्र्तगत लमजुङमा भैरव मावि र सिन्धुपालचोकमा ब्रम्हाची गाउँपालिका– ९ स्थित रत्न राज्य माविको भवन रहेको जानकारीमा आएको छ ।

लमजुङको रागिनास नगरपालिका– ९ स्थित मोहिरियाकोट स्थित भैरव माध्यामिक विद्यालयको भवन निर्माणका लागि सो रकम खर्चिने सहमति भई भवन निर्माण गालिएको छ । विद्यालय भवन निर्माण कार्यमा चीन सरकारले करिब ८० करोड रुपैयाँ लगानी गरेको सो माध्याकिम विद्यालयका प्राध्यानाध्यापक राजेश्वर ढकालले बताउनुभयो । उहाँका अनुसार निर्माणााधिन विद्यालयमा आवासीयसहितको कक्षा– १२ सम्मको पढाई सञ्चालन गर्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो ।

सो भवनमा विद्यार्थी पढ्ने कक्षा कोठाका अतिरिक्त पुस्तकालय, संयुक्त कक्षाकोठा, प्रयोगात्मक कक्षा, अध्ययन(कला, संगीत कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्यालय, चमेना घर, शौचालय, खेल मैदान जस्ता विविध संरचना निर्माण गरिने प्रधानाध्यापक ढकालले बताउनुभयो ।

भवनको संरचना निर्माणका लागि आवश्यक ठेकेदार, इन्जिनियर, कामदार, निर्माण सामग्रीसहितका अधिकांश निर्माण सामग्री चीनबाटै ल्याइएको थापाको भनाई छ ।

विगतको ९ महिनादेिख दैनिक ७० जनाभन्दा बढी कामदारले उक्त भवनको निर्माण कार्य गरी रहेको छन् । सो भवनमा २० कोठा निर्माण गरिने भएको छ । आगामी एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य तिव्र गतिमा चलिरहेको छ । सन् २०१९ जुन २५ भित्र हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको अध्यक्ष थापाले बताउनु भयो ।

जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी धनसिंह धामी, प्राविधिक शुवोचन गुरुङ, सोही गाउँमा जन्म थलो रहनु भएका तत्कालीन सार्क महासचिव अजर्नुबहादुर थापा सहितको पहलबाट चीन सरकारले उक्त माविको भवन निर्माणका लागि राजी भएको सो माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएएका रागिनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार ८ रोपनी क्षत्रेफलमा उक्त विद्यालयको भवन निर्माण हुदैछ ।

२०१४ सालमा स्थापना भएको उक्त विद्यालय २०३३ मा निमावि तह तथा २०५३ सालदेखि मावि तहको पढाई सञ्चालन हुन थालेको प्रधानाध्यापक ढकालले बताउनुभयो । उहाँका अनुासर २ सय ७५ विद्यार्थी रहेकोमा दुई तिहाई छात्रा छन् ।

प्रतिक्रिया दिनुहोस्