![](https://newsofnepal.com/wp-content/uploads/2018/02/Samman.jpg)
लमजुङ, (नेस)। लमजुङमा नेपाली नाट्य विधामा खोज अनुसन्धान गर्ने डा. अशोक थापालाई सम्मान गरिएको छ। मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई सम्मान गरेको हो।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका डा. थापालाई नाटक पानीघट्टका लेखक तथा निर्देशक पुरु लम्साल र मञ्जरी नाटक समूह लमजुङका अध्यक्ष एवं पानीघट्ट नाटकका संयोजक केदार बोहोराले संयुक्तरूपमा सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।
आधुनिक नेपाली नाटकमा विसंगतिबोध शीर्षकमा विद्यावारिधी गरेका साथै नाटकको खोज अनुसन्धानको क्षेत्रमा उनले पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो। पोखरामा स्थायी बसोबास गरिहेका डा. थापा नेपाली नाटकको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन्। उनले प्रदेश नं. ४ को नाटक र रंगमञ्चको वस्तुस्थितिका बारेमा अनुसन्धान गरेका छन्।
मञ्जरी नाटक समूह लमजुङको दोस्रो प्रस्तुतिका रूपमा प्रदर्शित नाटक पानीघट्टका बारेमा जानकारी दिन लमजुङ आएको अवसरमा डा. थापालाई सम्मान गरिएको मञ्जरीले जनाएको छ।