हैप्पी साइन्सद्वारा गायिका रमना श्रेष्ठ सम्मानित

0
Shares

काठमाण्डौ  ।
हैपी साइन्स नेपाल काठमाण्डौले एक कार्यक्रमकाबीच गायिका रमना श्रेष्ठलाई सम्मानित गरेको छ ।
सीता पाइलास्थित हैप्पी साइन्स नेपालको सेन्टरमा आयोजित एक समारोहमा गायिका श्रेष्ठलाई अध्यक्ष दिनेश मान जोशीले खादा र सम्मानपत्र सहित सम्मानित गर्नु भएको हो ।

गत पुस २७ देखि २९ गतेसम्म चारुमति विहारमा सम्पन्न नवौं ज्ञानमाला सम्मेलनले गायिका श्रेष्ठलाई नेपाल राष्ट्रिय ज्ञानमाला समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो । हैप्पी साइन्स समेतमा आवद्ध भएकी गायिका श्रेष्ठ अध्यक्ष भएपछि उनको कार्यकाल सफलताको कामना सहित सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा र हौसला दिने उद्देश्यले सम्मनित गरिएको हैप्पी साइन्सका अध्यक्ष दिनेशमान जोशीले बताउनु भयो ।

कार्यक्रममा हैप्पी साइन्समा आवद्ध पुजा श्रेष्ठ लगायतका सदस्यहरुको उल्लेख मात्रामा रहेको थियो ।