लाङटाङ सद्भावनादूत सिलवाल सम्मानित

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
लाङटाङ सद्भावनादूत अशोक सिलवाल सम्मानित भएका छन्। नेपाल पर्यटन व्यवसायी संघ (निट)को आयोजनामा राजधानीमा सम्पन्न एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई २५ हजार रुपियाँ राशीसहित सम्मान प्रदान गरेका हुन्।

विनाशकारी भूकम्प र हिमपहिरोले मानवविहीन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रूपमा पैदल मार्गबाट यात्रा गरी प्रकाशमा नआएको त्यहाँको मार्मिक अवस्थालाई ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकका दुई वृत्तचित्र निर्देशनका साथै आवश्यक सुझावसहितको मिहिन वस्तुस्थिति चित्रण गरिएको प्रतिवेदन र अनेकौं आलेखहरू सार्वजनिक गरी त्यस क्षेत्रप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन विशेष योगदान पुर्याएको भन्दै लेखक तथा पत्रकार सिलवाललाई सो सम्मान गरिएको हो।

यसअघि निटका प्रेस सल्लाहकारसमेत रहेका सिलवाललाई लाङटाङ म्यानेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूतको उपाधिसहित सम्मान गरेको थियो भने ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पनि विशेष सम्मान गरेको थियो। पछिल्लो समय विश्वका अनेक देशका पर्यटकलाई लिएर नेपालका अनेक भूगोल यात्रा गर्दै गरेका सिलवालले तिनै अनुभवलाई आधार बनाएर कलम चलाइरहेका छन्।