कलेजमा अध्ययनरत किशोरीबीच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा प्रकृति कार्की मिस कलेज आइकन २०१८ भएकी छिन्। एएनपी मिडिया हाउसद्वारा हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा प्रकृति वेष्ट हेयर उपाधि विजेता पनि भएकी हुन्। विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा सिसम आचार्य फस्ट रनर्सअपका साथ मस्ट आइकनिक आइज, अन्जली चित्रकार
सेकन्ड रनर्सअपका साथ मस्ट ब्युटिफल आइज र फेसन आइकन अवार्ड विजेता, युनिशा बजगाईं थर्ड रनर्सअपका साथ मिस ट्यालेन्ट र फेसबुक च्वाइस भए। त्यसै गरी निर्मला पुरी मीट पपुलर र मस्ट एक्टिभ, सिरिन गुरुङ मिस क्याटवक, वृक्षा सिलवाल बेस्ट स्किन र मस्ट फोटोजेनिक, सुमी महर्जन बेस्ट पर्सनालिटी, मीना तामाङ मस्ट चार्मिङ, अनिषा पोखरेल बेस्ट स्पिच, अनिषा देउला बेस्ट फिटनेस, डोल्मा वाइबा मस्ट फ्रेन्डली, दीपा मगर मिस ब्युटिफुल, रोशनी राई मिस कन्जिनियालिटी, शालु चौधरी मस्ट डिसिप्लेन, अस्मी शाक्य बेस्ट फिजिक, स्वेता बलामी बस्ट सिंगर, मस्ट कन्फिडेन्ट र सगुना खड्का बेस्ट डान्सर चुनिएका छन्।
अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा भएको एएनपी मिडिया हाउसकै अर्को प्रतियोगिता लिटिल आइकन नेपाल २०१८ को जुनियरतर्पm श्रेया लिम्बु विजेताका साथमा मिस पर्पेmक्ट, अनुष्का तामाङ फस्ट रनर्सअपका साथ मस्ट बेस्ट हेयर र फेसबुक च्वाइस, प्रमिसा राई सेकेन्ड रनर्सअपका साथ मिस क्याटवक, बेस्ट पर्सनालिटी र मेनेजमेन्ट च्वाइस, ग्रीवा घिमिरे थर्ड रनर्सअपका साथ मस्ट ब्युटिफुल आइज र मस्ट फोटोजेनिक, आदिता चाम्लिङ राई फोर्थ रनर्सअपका साथ बेस्ट स्किन र बेस्ट आर्टवर्क भए। त्यसै गरी कामना राई मस्ट पपुलर र बेस्ट स्पीच, सलिना गुरुङ मिस ट्यालेन्ट, रेनुका मगर मस्ट चार्मिङ, अक्षता गुरुङ बेस्ट फिटनेस, सुनिता श्रेष्ठ मस्ट फ्रेन्डली, सुसिना बराइली मिस ब्युटिफुल, कुशुम लिम्बु मिस कन्जिनियालीटी र मस्ट कन्फिडेन्ट, सुविना श्रेष्ठ मस्ट डिसिप्लेन, प्रशंसा शाह क्युटेस्ट बेबी अफ द इयर, अन्जली शाह बस्ट फिजिक, सोनी लामा फेसन आइकन अवार्ड, निशा लामा मस्ट एक्टिभ, मन्जली शाह मेनेजमेन्ट च्वाइस र दिया खड्गी मस्ट पोजिटिभ एटिट्युड भए।
सिनियरतर्पm हन्नाह श्रेष्ठ विजेताका साथमा मस्ट पंचुअल, यांकी सिलवाल फस्ट रनर्सअपका साथमा बेस्ट हेयर र मस्ट चार्मिङ, प्रेरणा विके सेकेन्ड रनर्सअपका साथमा मस्ट ब्युटिफुल आइज र दक्षिणा राई थर्ड रनर्सअपका साथमा बेस्ट आर्टवर्क भए। त्यसै गरी रिया राई मस्ट पपुलर, मस्ट फ्रेन्डली, मिस ब्युटिफुल र फेसबुक च्वाइस, प्रियंका थापामगर मिस क्याटवक, सोनीया राई मिस ट्यालेन्ट, वर्षा श्रेष्ठ बस्ट स्किन र मस्ट फोटोजेनिक, सुष्मिता लिम्बु बेस्ट पर्सनालिटी, रोशनी कार्की बेस्ट फिटनेस, रागिना शाही मिस कन्जिनियालीटी र विनिता पुन बस्ट फिजिक भए। बालकतर्पm सेहाङ राई विजेताका साथमा मिस्टर ट्यालेन्ट, मस्ट पपुलर र मिस्टर क्याटवक, निश्चल श्रेष्ठ फस्ट रनर्सअपका साथमा मिस्टर हयान्डसम, लक्ष्य झा सेकेन्ड रनर्सअपका साथमा मस्ट फोटोजेनिक, जेनिस शाक्य मेनेजमेन्ट च्वाइस, रौनक चौधरी मस्ट डिसिप्लेन र मस्ट एक्टिभ, रेडिक्स माली मस्ट फ्रेन्डली र अमिर वाइबा बेस्ट आर्टवर्क भए।
दुवै प्रतियोगितामा कलाकारहरू गजित विष्ट, सुरेन्द्र केसी, वर्षा राउत, मिसेस नेपाल आइकन २०१७ की विजेता वर्षा कार्की, संगीतकार सरोज प्याकुरेल, फिल्म लेखक शिवम् अधिकारी, नेपाल क्रिकेट टिमका भूपू मेनेजर पूर्ण लामा र इभेन्ट अर्गनाइजर निशुकान्त झा निर्णायक रहेका थिए।











प्रतिक्रिया