तामाङ भाषाको चलचित्र ‘मायासे लासी ३’ तयार

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । जनयुद्धको १० वर्षेकालमा लडाकु भएर गाउँ फर्केकी युवतीको संघर्षपूर्ण कथालाई समेटेर निर्माण भएको तामाङ्ग भाषाको चलचित्र ‘मायासे लासी ३’ प्रर्दशनमा आउने भएको छ । सक्सेस फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र यही माघ २७ गते शनिबारदेखि राजधानीबाट प्रर्दशनमा आउने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

तामाङ्ग भाषाको ‘मायासे लासी र मायासे लासी २’ को अपार सफलता पछि मायासे लासी ३ निर्माण भएको चलचित्र निर्माण सहायक गणेश घिसिङले जानकारी दिनुभयो ।

१० वर्षे जनयुद्दले जनजातीहरुका माझ भएको उत्पीडन र पारिवारिक समस्यालाई दर्शाउँदै निर्माण भएको उक्त चलचित्रले घर घरको समस्यालाई बोकेको उहाँले जानकारी दिनुभयो ।जनयुद्धकालको यथार्थ घटना हिंसाले कहिले पनि कसैको भलो नगर्ने र हिंसाले हिंसाकै बाटो रोजिरहने हिंसालाई मायालेमात्र साम्य पार्न सकिने कथालाई यस चलचित्रमा प्रष्ट रुपमा प्रस्तुत गर्न खोजिएको निर्माण पक्षले जानकारी दिएको छ ।

मुस्कान वाईवाको प्रस्तुती रहेको, निर्माता भगवती मोक्तान र सह निर्माता माईली घिसिङ, निर्माण सहयोगीमा गणेश लामा, कार्यकारी निर्माता प्रेम लामा मोक्तान, डिबि मोक्तानको निर्देशन रहेको यस चलचित्रलाई शंकर महर्जनले द्वन्द निर्देशन गर्नु भएको छ ।

प्रकाश मोक्तानको कथा तथा पट्कथा रहेकोे चलचित्रमा केशव अधिकारि, रबि कोइरालाले छायांकन रहेको छभने सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ । कुमार श्याङबाको शब्द, विशाल काल्तानको संगीत तथा सन्तोष लामा जितु लोप्चनको स्वरमा गीत रहेको छ ।

काभ्रे, सिन्धुली, काठमाडौ लगायत विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस चलचित्रमा कुमार मोक्तान, सीता लामा, बिकाश श्याङ्तानको मुख्य भूमिका रहेको छभने अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा, चन्द्र लामाको अभिनय रहेको छ । नेपाल दगायत, अमेरिका, जनापान, हङ्गकङ्ग लगायतका देशमा चलचित्र प्रर्दशन हुने भएको छ ।