शालिकराम चालिसे, नुवाकोट ।
घर निर्माणको लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार नुवाकोटको विदुरमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं २ का युकुमारी शाहा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
नुवाकोटको साततले मन्दिर नजिकै रहेको भैरवीमा गाउँमा गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगी ८९ वर्षीया शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । शाह आफ्नै घरको आँगनमा वसीरहेको अवस्थामा रुख ढलेररूखले लाग्दा घटनास्थलमा मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।
अग्लो रूख भएकाले हाँगा काटेर त्यसपछि रूख ढाल्नुपर्नेमा लापरबाही गरि एकैपटक रूख ढालेकाले दुर्घटना भएको भन्दै प्रहरीले घटनामा संलग्नहरुलाई अनुसन्धान गरि कारवाहि शुरु गरेको बताएको छ ।
रूख काट्ने जिम्मा लिएका ठेकेदार जीवन तिमिल्सिनासहित घटनामा संलग्न भएका पाँचजनालाई अहिले प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।











प्रतिक्रिया