रौतहटमा जथाभाबी नदिजन्य पदार्थ उत्खनन

0
Shares

सञ्जय कार्की, रौतहट । नदिमानै छाप्रो बनाएर तीन साता देखि रौतहटको दुई ठुलानदिका दोभान बाट जथाभाबी नदिजन्य पदार्थ उत्खनन हुन थालेपछि स्थानीय चिन्तित बनेका छन तर जनप्रतिनिधिहरु भने त्यसलाई उपभोग गदै आकर्षित भएका छन ।

बर्षै पिच्छे नदिमा आउने बाढिको चपेटामा परेका रौतहटबासी लाई राहत दिनुको बदला जिल्ला समन्वय समिति रौतहटले हचुवाको भरमा नदिजन्य पदार्थ उत्खनन गर्न दिएको अनुमतिकै आधारमा नदिमा नम्बर प्लेट नभएका स्काईभेटर प्रयोग गरेर जथाभाबी उत्खनन भैरहेको छ । बाग्मती नदिको चन्द्रपुर–१, गडिमाई नगरपालिकाको समनपुर र बकैया खोलाको रानीगर्जा बोटवा नाका बाट स्काईभेटर बाट ठुलो परिणाममा नदिजन्य पदार्थ उत्खनन भैरहेको छ ।

चन्द्रपुर–१ पौराई स्थित बाग्मती नदिमा साह निर्माण सेवा मलङ्गवा– १० सर्लाही लाई जिल्ला समन्वय समितिले ४ सय मिटर लम्बाई, २ मिटर गहिराई र २० मिटर चौडाईमा नदिजन्य पदार्थ उत्खनन गर्न २०७४ पुस २४ गते दिएको अनुमति पत्र बिपरित पाँच मिटर सम्म खाल्डो पारेर ढुङ्गा, गिटी उत्खन्न गरिरहेको छ ।

जनप्रतिनिधि चयन नहुन्जेल सम्म नदिमा स्काईभेटरको प्रयोग गर्न स्थानीय प्रशासनले रोक लगाउदै आएता पनि अहिले जनप्रतिनिधिको आडमा स्काईभेटरको प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन भैरहेको छ । यसअघि राष्ट्रपति चुरेसंरक्षणको नाममा नदिमा स्काईभेटरको प्रयोग गर्न दिइएको थिएन तर जनप्रतिनिधि आएसंगै नदिमा स्काईभेटरको प्रयोग गरेर उत्खनन गर्न अनुमति दिइएको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले गौर नगरपालिकाको सडक तथा अन्य पूर्वाधार निर्माणका लागि निर्माण व्यवसायी स्वच्छन्द ढुकुचे आश्रय जेभीलाई प्रतिदिन २ सय घन मिटरको दरले ५० दिनमा अनुमानित १० हजार घनमिटर आबश्यक पर्ने ढुङ्गा गिट्टी, बालुवा बागमती नदीमा तोकिएको दोभान घाट बाट निकाल्न पत्राचार गरेकै भरमा जिल्ला समन्वय समिति रौतहटले अनुमति दिएको हो ।

मनोमानीढङ्गले उत्खनन गरिरहदा ५ मिटर सम्म गहिराई पुरयाईदिएका कारण नदिको धारपरिबर्तन हुन सक्ने सम्भाबना समेत रहेको छ । निर्माण ब्यबसायी ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गर्न बा २ क २७५३ र ना १ क ५९६० नम्बरको स्काईभेटर र सवारी चालक अनुमतिपत्र भएको चालकले मात्र उत्खन्न गर्न पाउने अनुमति दिएपनि नम्बर प्लेट नै नभएको स्काईभेटर प्रयोग गरेर धमाधम बालुवा, ग्राभेल, ढुंगा उत्खनन गरिरहेका छन् ।

उत्खनन गरेको स्थानमा जति खाल्डो बनाउदै लगियो उतीनै ढुगा निस्कने भएका कारण पनि नदिमा पानीको सतह भन्दा निकै खाल्डो बनाइएको छ । २ वटा स्काभेटर बाट नदिजन्य बस्तुको उत्खनन गरेको ग्य्राबेल बाट, ढुङ्गा र गिट्टी अलग गराएर दर्जनौ टिपरले रौतहटका बिभिन्न स्थानमा लगेर स्टोक राखेको पाईन्छ ।

दुई महिनामा दश हजार घन मिटर ग्य्रोबलको उत्खनन अनुमति पाएको सो निर्माण सेवाले तीन सातामै परिणाम भन्दा बढी नदिजन्य बस्तु निकासी गरिसकेको स्थानीय बिरेन्द्र झाडीको भनाई रहेको छ ।

दुईवटा स्काभेटर ,दर्जनौ टिफर र सयौ ट्रेक्टर बागमती नदिमा नदिजन्य बस्तु उत्खननका लागि लागेका छन् भने ठेकेदारले आफुले जेठ महिनाभरी नदिजन्य बस्तु निकाल्ने भन्दै नदि किनारामै अस्थायी टहरा निर्माण गरेर आफ्ना कामदार राखेका छन् ।