फाजिलमा पठाउने एआईजीलाई दज्र्यानी प्रदान गरिँदै



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले प्रदेश सचिवको रूपमा सहसचिवलाई खटाउने भएपछि नेपाल प्रहरीले प्रदेशमा खटाएका प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको दुई दिनपछि सशस्त्र प्रहरी बलले प्रदेशमा एआईजी पठाउने भन्दै आज बुधबार दज्र्यानी चिह्न प्रदान गर्ने भएको छ।

मुख्य सचिव लोकदर्शन रेग्मीले एआईजीको बढुवाको सूचीमा परेकालाई फुली तत्कालै लगाइदिन सशस्त्र प्रहरी महानिरीक्षकलाई दबाब दिएपछि आज बुधबार बिहान ८ः३० बजे बढुवाको सूचीमा परेकालाई दज्यानी चिह्न प्रदान गरिने भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले एआईजीमा बढुवामा परेका जानकीराज भट्टराई, राजेश श्रेष्ठ, सुबोध अधिकारी, निराक्रमविक्रम शाह र खडानन्द चौधरीलाई दज्र्यानी चिह्न प्रदान गर्न लागेका हुन्। बढुवाको सूचीमा परेका अधिकारी मुख्य सचिव रेग्मीमा ज्वाइँ हुन्।

अधिकारीको बढुवाका लागि रेग्मीले सरकारलाई दबाब दिँदै आएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको निर्णयका बिरुद्धमा पटक –पटक सार्वजनिक अभिव्यक्ति दिएको भए पनि सशस्त्र मुख्यालयले बढुवाको सूची निकालेर दज्र्यानी चिन्ह प्रदान गर्न लागेको हो।

गृहमन्त्रालयले सहसचिवलाई प्रदेश सचिव बनाए सशस्त्र प्रहरी बलमा बढुवामा परेका एआईजीहरूलाई फाजिलमा राख्ने निर्णय गरेको थियो।सरकारले सहसचिवलाई नै प्रदेश सचिव बनाउने भएपछि आज एआईजीको दज्र्यानी चिन्ह लगाउने ५ जना एआईजीलाई बिनादरवन्दी सशस्त्र प्रहरी बल मुख्यालयमा राखेर अवकास दिने तयारी गरिएको छ।

अहिलेको सरकारले आफ्ना मान्छेलाई एआईजी बनाउने नाममा बढुवा गरेका अधिकृतहरू विभाग बिनानै अवकास पाउने अवस्था र्सिजना भएको छ। शान्ति सुरक्षा कायम राख्ने भन्दापनि एकले अर्कालाई सिध्याउने र आफूमाथि पुग्ने दाउमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारी उद्धत रहका कारण मुलुकको शान्ति सुरक्षामा गम्भिर चुनौती थपिँदै गएको एक उच्च सुरक्षा अधिकारी बताउँछन्। सशस्त्रमा आफ्ना मान्छेलाई उपल्लो ठाउँमा पुर्याउन संगठन प्रमुख नै लागे पनि तल्लो तहमा देखिएको समस्या समाधानमा भने चुक्दै गएको ती अधिकारीले बताए। अहिलेको अवस्था सशस्त्र प्रहरी बलमा रहने हो भने बिद्रोह हुनसक्ने चेतावनी अधिकृतहरूले दिन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्