छुट्टाछुट्टै दुर्घटनामा ८ को मृत्यु

0
Shares

धनुषा, (नेस)
शुक्रबार राति र शनिबार छुट्टाछुट्टै ठाउँमा भएको जिप र ट्याक्सी दुर्घटनामा परी ८ जना यात्रुको मृत्यु भएको छ।

काठमाडौंबाट झापा जाँदै गरेको बा९च ३३१४ नम्बरको टाटासुमो धनुषामा दुर्घटना हुँदा ६ जना र ग१ज ६०८५ नं को ट्याक्सी पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकाको कागुने भीरबाट खस्दा २ जनाको मृत्यु भएको हो। सुमो दुर्घटनामा परी मृत्यु हुनेमा ज्ञानबहादुर चौहान (खोटाङ), शारदा रेग्मी दाहाल (मोरङ), नयाराज जिबी (संखुवासभा), प्रह्लाद न्यौपाने (मोरङ), खेमकुमार राना मगर (मोरङ) र प्रनिता राई (पाँचथर) रहनुभएको छ।

सोही सुमोमा सवार घाइते ५ जनाको दुखनी देवी अस्पतालमा उपचार भइरहेको र जीपका चालक झापा, कमला गाउँपालिका– ५ का २८ वर्र्षीय सुदीपप्रसाद पोखरेल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसै गरी हाम्रा पाँचथर संवाददाता गणेश साम्पाङका अनुसार ट्याक्सी दुर्घटनामा सोही वडाका १८ वर्षीय ट्याक्सीका सहचालक प्रवेश योङया र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको हो। दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा घाइते हुने ६ जनामा सोही वडाका बलराम योङया, मनोज गुरुङ, प्रकाश योङया, लक्षुमण राई प्रदिप राई र इशाक योङया रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।