स्वराज नेपाल आउने

0
Shares

काठमाडौं, (नेस)
नयाँ सरकार गठन गर्ने गृहकार्य भइरहेका बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने तयारीमा रहनुभएको छ। फागुन दोस्रो साताभित्र उहाँ नेपाल आउने गृहकार्यमा जुट्नुभएको बताइएको छ।

भारतीय सहयोगमा वीरगन्जमा निर्मित एकीकृत सुरक्षा जाँच चौकी नेपाललाई हस्तान्तरणसँगै उच्चस्तरीय राजनीतिक भेटवार्ताका लागि स्वराज नेपाल आउने तयारीमा रहनुभएको परराष्ट्र मन्त्रालय निकट उच्च स्रोतले जनाएको छ।

भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टेलिफोन संवाद दोहोरिरहेको छ। त्यसैले स्वराज नयाँ सरकार गठन हुनुअघि नै नेपाल आउने तयारीमा रहनुभएको मन्त्रालयका एक अधिकारीले बताए। तर परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले यसबारे मन्त्रालयलाई औपचारिक जानकारी प्राप्त नभएको दाबी गर्नुभयो।